विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

नेपालभ्युज

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहर आशियाका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved