संघीय संसद् बैठक बोलाउन माओवादीको आग्रह

नेपालभ्युज

संघीय संसद् बैठक बोलाउन माओवादीको आग्रह

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संघीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको हो ।

संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल भएको उनले बताए । माओवादी स्थायी समिति बैठक शनिबार दिउँसो २ः०० बजे बस्नेगरी स्थगित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved