फिलिपिनी उपराष्ट्रपति दुतेर्तेलाई सुरक्षा परिषद्बाट हटाइयो

नेपालभ्युज

फिलिपिनी उपराष्ट्रपति दुतेर्तेलाई सुरक्षा परिषद्बाट हटाइयो

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषद्बाट हटाएका छन् ।

कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरूको बारेमा सल्लाह दिने सुरक्षा परिषद्बाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरूलाई हटाइएको छ ।

बर्सामिनले आफ्नो सदस्यतालाई ‘पुनर्गठित र व्यवस्थित गर्न’ यो कदम चालेको बताएका छन् । परिषद्मा अहिले प्रमुख विधायी, रक्षा, विदेश र क्याबिनेट अधिकारीहरू सामेल छन्।

“अहिले परिषद्को सदस्यताको जिम्मेवारीका लागि उच्च पदस्थ अधिकारीलार्ई सान्दर्भिक मानिँदैन”, बर्सामिनले पत्रकारसँग भने, “आवश्यकताअनुसार अन्य सदस्य वा सल्लाहकार थप्न राष्ट्रपति स्वतन्त्र हुनुहुन्छ ।”

मार्कोस र उनको परिवारलाई मार्ने धम्की दिएको आरोपमा दुतेर्तेले अनुसन्धानको सामना गरिरहेकै बेला यो कदम चालिएको हो ।

गत नोभेम्बरको अन्त्यतिर पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेकी ४६ वर्षीया छोरी साराले एक अनलाइन पत्रकार सम्मेलनमा आफ्नो हत्या भएको खण्डमा कसैले मार्कोसलाई पनि मार्ने बताएका थिए यद्यपि, पछि उनले उक्त टिप्पणीको गलत व्याख्या गरिएको बताएका थिए ।

सन् २०२२ मा मार्कोससँगको गठबन्धनमा उपराष्ट्रपति सत्तामा पुगेका थिए । हालैका महिनाहरूमा आश्चर्यजनक रूपमा दुबै पक्षले यस वर्षको मध्यावधि चुनावअघि लागूपदार्थको व्यापक ओसार पसारका लागि आरोप प्रत्यारोप चलिरहेको छ ।

दुतेर्तेमाथि सरकारी कोषको करोडौं डलरको दुरुपयोग गरेको भन्दै महाभियोगका थुप्रै उजुरी पनि परेका छन् ।

दुतेर्तेलाई यस सम्बन्धमा जानकारीका लागि  सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved