गगनको प्रस्ताव : भ्रष्टाचारका काण्ड छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ

नेपालभ्युज

गगनको प्रस्ताव : भ्रष्टाचारका काण्ड छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्ड छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो प्रस्ताव राखेका हुन् ।

फाइल खोलिदिन्छु भन्ने कुरा सुन्दासुन्दा नागरिक आजित भइसकेकोले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

‘भ्रष्टाचार भएका कुराहरू आउने तर लामो समयसम्म पनि विषयले निकास नपाउने अवस्था देखा परेको छ’, उनले भने, ‘सबै जना तयार हुने हो भने भ्रष्टाचारका काण्ड छानबिनका लागि शक्तिशाली आयोग बनाउन सकिन्छ ।’

अपराधमा जोडिएका व्यक्तिबारे सम्पत्ति शुद्धिकरण पनि आकर्षित हुन्छ भन्ने कानून सांसदहरूले नै बनाएको तर सहकारी ठगी, भुटानी शरणार्थीजस्ता काण्डमा केही सांसदले प्रतिशोधका आधारमा भन्ने गरेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved