धारिलो हतियार देखाएर दुर्व्यवहार गरेको आरोपमा नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ

नेपालभ्युज

धारिलो हतियार देखाएर दुर्व्यवहार गरेको आरोपमा नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ

काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन)लाई पक्राउ गरेको छ ।

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका-१९ बाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

उनीमाथि मंसिर ६ गते बिहान ९ घोराही-१५ बीपी चोकका ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि दुर्व्यवहार गरेको आरोप छ ।

बाटोमा हिँडिरहेको बेलामा नेपाल सञ्जीवनी इन्सिच्युट अफ हेल्थ साइन्स प्रालि कलेज गेट नजिकै खड्काको समूहले धारिलो हतियार देखाउँदै बस्नेत दम्पत्तिलाई नियन्त्रणमा लिएका थिए । उक्‍त समूहले बस्नेत दम्पत्तिको नाकमा हतियारले चोट बनाएका थिए ।

घटनापछि नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी अमरले निकालेर घटनाको जिम्मा लिएका थिए । घटनापछि उनीहरु फरार थिए ।

अब कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved