शान्तिपुर जोड्ने सडक : ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गरिँदै

नेपालभ्युज

शान्तिपुर जोड्ने सडक : ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गरिँदै

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।

सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved