सिटौला भन्छन् – प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व काङ्ग्रेसले गरिरहेको छ

नेपालभ्युज

सिटौला भन्छन् – प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व काङ्ग्रेसले गरिरहेको छ

काठमाडौं । नेपाली का‍ङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्वमा नेकपा एमाले रहेपनि नीतिगत नेतृत्व भने आफ्नै पार्टीले गरिरहेको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं १०० दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ”प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली काङ्ग्रेसले गरिरहेको छ, राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर, समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved