पुर्खाले छाडेका रितिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

नेपालभ्युज

पुर्खाले छाडेका रितिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त भएका अधिकारलाई सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।

तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा सिंहले प्राप्त भएका अधिकार सही तवरले प्रयोग गर्दै थप सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन् ।

सिंहले आगामी दिन दिनमा समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले पुर्खाले छोडेर गएका रितिथिति, परम्परालाई जोगाउनको लागि वर्तमानमा सबै सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved