माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

नेपालभ्युज

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ । नेकपा एकता राष्ट्रिय अभियानले एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको थियो ।

आजको भेटमा उनीहरुबीच एकताको प्रगति विवरणबाट छलफल भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved