अष्ट्रेलियाविरुद्ध ३४० रनको लक्ष्य पछ्याउँदै भारत, रोहित र राहुल आउट

नेपालभ्युज

अष्ट्रेलियाविरुद्ध ३४० रनको लक्ष्य पछ्याउँदै भारत, रोहित र राहुल आउट

काठमाडौं। मेलबर्नमा अष्ट्रेलिया र भारतबीच चौथो टेस्ट क्रिकेट सोमबार बिहान जारी छ ।

घरेलु टोली अष्ट्रेलिया पाँचौं दिनको सुरुमै अलआउट भएको थियो । अस्ट्रेलियाको टोलीले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको भारतीय टोलीले स्थिर सुरुवात गरे पनि ४० बल खेल्दै कप्तान रोहित शर्मा प्याट कमिङको बलमा मार्सको हातबाट क्याच आउट बनेका थिए । उनको पछि खेल्न आएका केएल राहुल पनि बिना कुनै रन आउट भए ।

यसअघि खेलको चौथो दिनमा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले सर्वाधिक रन बनाए ।

यो समाचार तयार पार्दासम्म भारतका यसस्वी जैसवाल र विराट कोहली क्रिजमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved