नागार्जुन नगरपालिकाका प्रमुख विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

नेपालभ्युज

नागार्जुन नगरपालिकाका प्रमुख विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

मेयर बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण अन्तरगत १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । यस अघि पनि बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३ ,२०८० पुस १ र २०८१ वैशाख १६ गते छुट्टाछुट्टै उजुरी परेको थियो ।

उनी २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved