दक्षिण कोरियाको विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२४ पुग्यो

नेपालभ्युज

दक्षिण कोरियाको विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२४ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

आइतबार बिहान साढे १२ सम्ममा मृत्यु हुनेको संख्या १२४ पुगेको बीबीसीको समाचारमा उल्लेख छ । मृत्यु हुनेमा ५४ पुरुष र ५७ महिला छन् । १३ शवको पहिचान भने खुल्न सकेको छैन ।

दुर्घटना स्थलमा दमकल विभागका ४९० कर्माचारी, ४५५ पुलिस अधिकारीसहित कुल १ हजार ५६२ मानिसलाई खटाइएका छन् ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको हो ।

सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।

समाचार एजेन्सी योनहापकाअनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुईजना थाइल्याण्डका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved