गुलियो धेरै खाने बानिले निम्त्याउँछ छिट्टै बुढ्यौली !

नेपालभ्युज

गुलियो धेरै खाने बानिले निम्त्याउँछ छिट्टै बुढ्यौली !

काठमाडौं । केही व्यक्तिलाई गुलियो खाना धेरै मन पर्छ, यहाँसम्म कि खाना खाएपछि गुलियो नखाए उनीहरूको मन भरिँदैन । तर यदि तपाईंलाई पनि धेरै गुलियो खाने बानी छ भने समयमै सचेत हुनुहोस् । चिनी खाँदा कुनकुन रोगको खतरा बढ्छ भन्नेबारे आज हामी बताउनेछौँ ।

मुटु रोग 

चिनीको सेवनले मुटुसम्बन्धी रोग बढाउँछ । जसले धेरै सफ्ट ड्रिंक्स पिउँछन् उनीहरूको शरीरमा भोक नियन्त्रण हुँदैन, जसको कारण तौल बढ्न थाल्छ, जुन मुटु रोगको कारण बन्छ ।

मधुमेह

धेरै गुलियो खाँदा रगतमा चिनीको मात्रा बिग्रन थाल्छ, जसको कारण मधुमेहजस्ता रोगको जोखिम पनि बढ्छ । यसका साथै तनाव, मूड स्विङ्ग, टाउको दुखाइ जस्ता समस्या पनि हुन सक्छन् ।

उच्च कोलेस्ट्रोल

चिनीको अत्यधिक सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ । अहिलेसम्म धेरै अनुसन्धानमा देखिएको छ कि चिनी धेरै खाँदा शरीरमा खराब कोलेस्ट्रोल बढ्न थाल्छ ।

फ्याटी लिभर

चिनीको अत्यधिक सेवनले तपाईंको कलेजोलाई कमजोर बनाउँछ । चिनीका कारण नन–अल्कोहल फ्याटी लिभरको समस्या हुन सक्छ ।

मोटोपना

चिनीको अत्यधिक सेवनले तपाईं मोटोपनको सिकार बन्नु हुन्छ । यदि तपाईं तौल घटाउन डाइटिङ गर्दै हुनुहुन्छ तर, चिनी खान बन्द गर्नुभएको छैन भने कहिल्यै पनि तौल नियन्त्रण गर्न सक्नुहुन्न । फिट रहनको लागि तपाईंले चिनी र नुनलाई सीमित मात्रामा मात्रै लिनु पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved