प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

नेपालभ्युज

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

काठमाडौं। प्रतिनिधिसभाको सचिवमा हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिवमा नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

सभामुख घिमिरेले एमाले नेता समेत रहेका राईलाई पाँच वर्षका लागि सचिव पदमा सिफारिस गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved