अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट : पहिलो पारीमा भारत ३६९ रनमा अलआउट

नेपालभ्युज

अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट : पहिलो पारीमा भारत ३६९ रनमा अलआउट

काठमाडाैं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारतको पहिलोपारी सकिएको छ ।

चौथो दिनको खेल सुरु भएको केही समयपछि भारतको पहिलो पारी ३६९ रनमा समेटिएको थियो ।

पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा ४७४ रन बनाएको थियो ।

भारतका लागि नीतिश रेड्डीले आफ्नो पहिलो टेस्ट शतक प्रहार गर्दै ११४ रन बनाए ।

भारतीय टोलीको पहिलो पारीमा यशस्वी जैसवाल, नीतिश रेड्डी र वासिङ्टन सुन्दरबाहेक कुनै पनि खेलाडीले खास प्रदर्शन गर्न सकेनन् ।

यो समाचार तयार पार्दासम्म अस्ट्रेलियाले दोस्रो पारीमा १ विकेट गुमाएर ३९ रन बनाएको थियो भने भारतविरुद्ध १४४ रनको अग्रता लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved