विमानस्थल बनेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा परीक्षण उडान

नेपालभ्युज

विमानस्थल बनेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा परीक्षण उडान

सुर्खेत । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान  भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान भएको हो ।

परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायतको टोलीसहित नेपालगन्जबाट कमलबजार विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो । कमलबजार विमानस्थल २०४८ सालमा निर्माण शुरु गरिएको थियो ।

अछाम जिल्लाको कमलबजार विमानस्थलमा तारा एयरको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । नेपालगन्ज विमानस्थलबाट उडेको तारा एयरको जहाजले शनिबार सुरक्षित रूपमा कमलबजार विमानस्थलमा अवतरण गरेको हो ।

उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। परीक्षण उडानका लागि क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू जहाजमा सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved