प्रचण्डको दाबी : माओवादी केन्द्र एक नम्बरको पार्टी भए मात्रै भ्रष्टाचार अन्त्य हुन्छ

नेपालभ्युज

प्रचण्डको दाबी : माओवादी केन्द्र एक नम्बरको पार्टी भए मात्रै भ्रष्टाचार अन्त्य हुन्छ

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै प्रचण्डले भने – ”माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्धु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।”

आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटरब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि आफ्नो उक्त सरकारको भयभीत भए आतंकित भएको उल्लेख गरे ।

‘सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन ।’ प्रचण्डले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved