किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

नेपालभ्युज

किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ घर भएका भक्तपुरको कमलविनायकमा बस्दै आएका २६ वर्षीय टेकबहादुर माझी छन् ।

उनीमाथि १६ वर्षीया एक किशोरीको बलात्कार गरेको आरोप छ । शुक्रबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माझीले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved