काठमाडौं । हात धुनु एक स्वस्थ बानी हो, तर बारम्बार हात धुँदा छालालाई हानि पुग्न सक्छ । हात धुँदा हाम्रो हातमा भएका ब्याक्टेरिया नष्ट हुन्छन् । तर, बारम्बार ह्यान्ड वास प्रयोग गर्दा तपाईंलाई हानि पुर्याइरहेको छ । यो हानिले तपाईंलाई बिस्तारै बिरामी पनि बनाउन सक्छ । आज हामी तपाईंलाई बारम्बार ह्यान्ड वासले हात धुँदा हुने हानिहरूको बारेमा बताउनेछौँ ।
छाला पोल्ने
हात धुनको लागि प्रयोग गरिने साबुन र क्लिन्जरले छालालाई पोल्ने समस्या हुन सक्छ । त्यसैले त्यस्ता क्लिनजरको प्रयोग गर्नबाट बच्नुपर्छ जसले तपाईंको हातलाई हानि पुर्याउँछ ।
एलर्जी
केही व्यक्तिहरूलाई हात धुन प्रयोग गरिने साबुन र क्लिन्जरबाट एलर्जी हुन सक्छ, जसले गर्दा छालामा बिमिरा आउँछ । धेरै व्यक्तिहरूलाई बारम्बार हात धुने बानीले धेरै हानि पुर्याउन सक्छ । यसले तपाईंको हातमा एलर्जीसम्म हुन सक्छ ।
हातमा सुख्खापन
बारम्बार हात धुँदा छालाको सुख्खापन हुन सक्छ, जसले गर्दा छाला फुट्ने र सुख्खापनको समस्या हुन सक्छ । त्यसैले सामान्य पानीले नै हात धुने बानी बसाल्नुहोस् । किनभने ह्यान्ड वासमा धेरै प्रकारका केमिकलहरूको प्रयोग गरिन्छ जसले तपाईंको छालालाई धेरै हानि पुर्याउन सक्छ ।
धोएपछि मोइश्चराइजर लगाउनुहोस्
हात धोएपछि छालामा मोइश्चराइजर लगाउनुहोस् । हात धुने बारम्बारता कम गर्नुहोस् र हात तब मात्र धुनुहोस् जब हात फोहोर हुन्छ । हात धुनको लागि तातो पानीको प्रयोग नगर्नुहोस् किनभने यसले छालालाई पोल्न सक्छ ।
Facebook Comment
Comment