रोल्पामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

नेपालभ्युज

रोल्पामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् ।

उनीमाथि १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ । हर्कले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved