जय ट्रफीका लागि सन्दीपको कप्तानीमा बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा

नेपालभ्युज

जय ट्रफीका लागि सन्दीपको कप्तानीमा बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा

काठमाडौं । बागमती प्रदेशले जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

बागमतीले सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा सन्दीपसँगै सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जीसी, उत्तम थापामगर, आशुतोष घिरैया, रित गौतम, ईशान पाण्डे, विपीन आचार्य, रोविन जोशी, शुभ कसांकार, रोहन विके, अशोक पौडेल, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी र दयानन्द मण्डल छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको थियो । जसअनुसार जय ट्रफी यही पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशका जनकपुर र वीरगञ्जमा हुनेछ ।

जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा रहन सफल ४ टोलीले सहभागिता जनाउने छन् । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश रहेका छन् ।

सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यी टोलीबीच उपाधि भिडन्त हुनेछ । लिग चरणका खेल दुई दिवसीय ढाँचा र फाइनल तीन दिवसीय रुपमा खेलाइने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved