मनमोहन सिंहलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीले सम्झिए भेटवार्तामा भएका संवाद

नेपालभ्युज

मनमोहन सिंहलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीले सम्झिए भेटवार्तामा भएका संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै निधन भएका भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गर्दै सिंह र आफूबीच भएको भेटवार्ताको पुनानो तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीर ओली प्रधानमन्त्री तथा एमाले अध्यक्ष हुनुभन्दा अगाडिकाे जस्ताे देखिन्छ ।

नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएको भेटवार्तामा भएका संवाद आफूले सझिएको उनले बताएका छन् ।

‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु । दिवंगत सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

पूर्वप्रधानमन्त्री सिंहको बिहीबार राति भारतको दिल्लीमा निधन भएको हो ।

सम्बन्धित समाचारहरू :

मनमोहन सिंहका विशेषता : सादा जीवनदेखि यथार्थपरक विदेश नीतिसम्म

कांग्रेस आईले गर्‍यो सात दिनका लागि तय आफ्ना सबै कार्यक्रम स्थगित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved