पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो : उषाकिरण तिम्सिना

नेपालभ्युज

पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो : उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेको ६ महिना निलम्बनमा परेकी उषाकिरण तिम्सिनाले आफूविरुद्धको कारबाहीप्रति प्रतिक्रिया दिएकी छन् ।

पार्टीले कारबाही गर्दा नुवाकोटमा पार्टी काममा व्यस्त रहेको उल्लेख गर्दै तिम्सिनाले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिदैं ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिवपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो, उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेको छु’ उनले अगाडि लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ ।’

बुधबारको एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो  ।

यस्तो छ उनको फेसबुक स्टाटस 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved