भीम रावल एमाले सङ्गठित सदस्यबाट निस्कासित, पाण्डे र तिम्सिनाको जिम्मेवारी खोसियो

नेपालभ्युज

भीम रावल एमाले सङ्गठित सदस्यबाट निस्कासित, पाण्डे र तिम्सिनाको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी निर्णयमा असहमति राखेका नेता भीम रावललाई पार्टीको सङ्गठित सदस्यबाट निस्कासन गरेको छ । अन्य दुई नेतालाई समेत कारबाही गरिएको छ ।

व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउन नहुने मत राख्दै आएका तीन नेतालाई आज बसेको एमाले सचिवालय बैठकले कारबाही गरेको हो ।

बैठकले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई जिम्मेवारीबाट ६ महिनाका लागि मुक्त गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीले यसअघि तीनैजनालाई स्पष्टीकरण सोधेको थियो । तर, जवाफ चित्त नबुझेको भन्दै रावललाई सङ्गठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।

‘विन्दा पाण्डे र उषाकिरण तिम्सिनाले स्पष्टीकरण त दिनुभयो, तर रियालाइजेसन देखिएन । यसैले पार्टीको निर्देशनमा चल्न भन्दै अहिले भइरहेको जिम्मेवारीबाट ६ महिना निलम्बन गरिएको छ । कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभयो । केन्द्रीय सदस्यमा पनि आउनुभएन । सल्लाहकारमा रहनुभएको थियो । अभिव्यक्ति पनि एमालेलाई कमजोर बनाउने आइरह्यो । यसैले सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरियो’ बैठकपछि ज्ञवालीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved