सोनु निगमको कन्सर्टमा राखिएका मदिराको विज्ञापन बोर्ड महानगरले हटायो

नेपालभ्युज

सोनु निगमको कन्सर्टमा राखिएका मदिराको विज्ञापन बोर्ड महानगरले हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय चर्चित गायक सोनु निगमको कन्सर्टस्थलमा  राखिएका मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ ।

बौद्ध स्थित हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनधिकृत रूपमा मदिराजन्य विज्ञापन बोर्ड राखिएको भन्दै महानगरले ती बोर्ड हटाएको जनाएको छ ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर १५० भन्दा बढी बोर्ड हटाएको हो । मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने नीति अन्तर्गत  बोर्ड हटाइएको महानगरले जनाएको छ ।

गायक निगमले आज (बुधबार) आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved