स्रोत नखुलेको ९२ लाखसहित ३ जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको ९२ लाखसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती छन् ।

अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरू बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved