ललितपुरमा विद्यार्थी हत्या प्रकरण : एक जना छुटे, दुईमाथि अनुसन्धान जारी

नेपालभ्युज

ललितपुरमा विद्यार्थी हत्या प्रकरण : एक जना छुटे, दुईमाथि अनुसन्धान जारी

काठमाडौं । ललितपुरको च्यासलमा एक विद्यार्थीमाथि चक्कु प्रहार गरी हत्या गरिएको घटनामा पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।

ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेन्टकै कर्मचारी २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका थिए ।

जसमध्ये पदमलाल रिहा भएका हुन् । घटनामा संलग्नता नदेखिएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए ।

बाँकी दुई जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

उनीहरूमध्ये हेमराजले चक्कु प्रहार गरेको जनाइएको छ ।

बिल तिर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको थियो । मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved