बंगलादेशको सरकारले भन्यो– हसिनालाई भारतबाट फिर्ता ल्याउनु हाम्रो प्राथमिकता हो

नेपालभ्युज

बंगलादेशको सरकारले भन्यो– हसिनालाई भारतबाट फिर्ता ल्याउनु हाम्रो प्राथमिकता हो

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन् ।

बीबीसी बंगलासँग उनले भने, ‘सरकारले बंगलादेशको कानुनअनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ ।’

बंगलादेशले भारतसँग अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।

बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना अगस्ट ५ देखि भारतमा छिन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, ‘हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौं ।’

हसिनालाई सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको कूटनीतिक नोट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved