दुई दलीय संयन्त्रको कार्यदलको बैठक बालुवाटारमा बस्यो

नेपालभ्युज

दुई दलीय संयन्त्रको कार्यदलको बैठक बालुवाटारमा बस्यो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलीय संयन्त्रको कार्यदलको बैठक बसेको छ ।

गठबन्धन सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित कार्यदलको बैठक मंगलबार बसेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यान्वयन अघि बढाउने लगायतका विषयमा  छलफल भएको  छ ।

कार्यदलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । यस्तै एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved