मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किए : ७ जनाको मृत्यु, ३३ घाइते

नेपालभ्युज

मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किए : ७ जनाको मृत्यु, ३३ घाइते

क्वालालाम्पुर । मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, ट्रेलर र टोयोटा एकआपसमा ठोक्किएका थिए ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।

दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved