बिहानै खाली पेटमा पानी पिउँदा फाइदै–फाइदा, पाचन प्रणालीदेखि रक्त सञ्चार सुधारसम्म

नेपालभ्युज

बिहानै खाली पेटमा पानी पिउँदा फाइदै–फाइदा, पाचन प्रणालीदेखि रक्त सञ्चार सुधारसम्म

बिहान उठ्ने बित्तिकै एक गिलास पानी पिउने बानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई मात्र होइन, शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । आयुर्वेदले पनि यो बानी अपनाउन सल्लाह दिन्छ । केही अध्ययनले चिसो पानीले तौल घटाउन मद्दत गर्न सक्छ भन्ने देखाएका छन् । तातो पानीले तिर्खा मेट्नुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

खाली पेटमा तातो पानी पिउनुका फाइदा

पाचन प्रणालीका लागि फाइदाजनक : तातो पानीले पाचनलाई बढाउँछ । किनभने यसले पेटमा पाचक इन्जाइमहरूलाई सक्रिय गर्छ र शरीरलाई डिटक्स गर्छ । यसले रक्तसञ्चारलाई बढाएर पाचन प्रणालीलाई खाना सजिलै पचाउन मद्दत गर्छ । यसले ग्यास र कब्जियतको समस्या पनि कम गर्न सक्छ ।

डिटक्सिफिकेसनमा सहयोगी : तातो पानी पिउनाले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत पुग्छ । एक अध्ययनअनुसार तातो पानीले शरीरको डिटक्स प्रक्रियालाई तीव्र बनाउँछ । तातो पानीको सेवनले रक्त नलीहरू फैलिन्छन्, जसले शरीरका कोषहरूबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

रक्तसञ्चारमा सुधार : तातो पानी सेवनले रक्त सञ्चारलाई सुधार्न मद्दत गर्छ । यसले रक्त नलीहरूलाई आराम दिने अध्ययनहरूले देखाएका छन् । यसको सेवनले अक्सिजन र पोषक तत्त्वहरूलाई शरीरका विभिन्न भागमा राम्रोसँग पुर्याउन मद्दत गर्छ ।

चिसो पानी पिउनुका फाइदा

तौल घटाउन मद्दत : चिसो पानी पिउनाले क्यालोरी बर्न हुन्छ, यद्यपि यसको प्रभाव भने धेरै हुँदैन । चिसो पानी पिउँदा शरीरलाई सामान्य तापक्रममा ल्याउन बढी मेहनत गर्नुपर्ने एक अध्ययनले देखाएको छ । किनकि यसले केही क्यालोरी बर्न गर्छ ।

ताजा महसुस : गर्मीमा चिसो पानीले ताजा महसुस गराउँछ । यसले शरीरलाई चिसो बनाएर थकान कम गर्छ । बिहान चिसो पानी पिउँदा ताजा महसुस हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved