रविको हिरासत कक्षको तस्वीर सार्वजनिक गर्ने निकोलस रिहा

नेपालभ्युज

रविको हिरासत कक्षको तस्वीर सार्वजनिक गर्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।

आइतबार राति काठमाडौंको थलीबाट पक्राउ परेका उनलाई सोमबार नै कास्की लगिएको थियो ।

सोमबार  जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका उनलाई अदालतले म्याद थपको अनुमति भने दिएन । जिल्ला प्रहरी कार्यालय कास्कीले  बाहिरबाटै अनुसन्धान गर्ने गरी उनलाई छाडेको  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved