हनि ट्र्याप प्रकरण: इन्सपेक्टर विनु शाहीलाई ५ लाख धरौटीमा उन्मुक्ति 

नेपालभ्युज

हनि ट्र्याप प्रकरण: इन्सपेक्टर विनु शाहीलाई ५ लाख धरौटीमा उन्मुक्ति 
भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनु शाही

काठमाडौं । आपराधिक गिरोहसँग समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सङ्गठित अपराध र आपराधिक लाभ मुद्दामा जिल्ला अदालत ललितपुरकी न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।

विगतदेखि नै हनी ट्र्यापिङमा संलग्न एक समूहले इन्स्पेक्टर शाहीसँग मिलेर व्यापारीसँग पैसा असुल्ने योजना बनाएको  अनुसन्धानमा खुलेको थियो ।

इन्स्पेक्टर शाहीसँगै ६० लाख मागिएको थियो ।  नत्र बलात्कार मुद्दामा जाहेरी दिएर फसाइदिने भन्दै बार्गेनिङ भएको थियो । ३० लाखमा सहमति भएको थियो । जसमध्ये २० लाख इस्लामकी साथी भीमादेवीको खातामा हाल्न लगाइएको थियो भने १० लाख रुपैयाँको चेक काटिएको थियो ।

घटना सार्वजनिक भएपछि फरार रहेकी शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन् ।

आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार थुनछेक बहसका लागि पेस गरिएको थियो ।

यसअघि फरार प्रतिवादी बनाएर उनलाई प्रहरीले सङ्गठित अपराध र आपराधिक लाभ मुद्दा चलाएको थियो ।

हनी ट्र्यापिङ गिरोहसँग मिलेर लाभ लिएको देखिएपछि उनीविरुद्ध मुद्दा चलेको थियो ।

सुनसरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापा, प्रहरी जवान महेन्द्र हमाललाई पक्राउ गरेर मुद्दा दायर गरिएकोमा इस्लाम जेल गएका छन् भने अन्य तीनजना छुटेका छन् ।

प्रहरीले इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पोखरेल अझै फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved