योगेश भट्टराई भन्छन्– लेखा समिति सभापतिकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ

नेपालभ्युज

योगेश भट्टराई भन्छन्– लेखा समिति सभापतिकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् ।

सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका हुन् ।

मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी उनीविरूद्ध मुद्दा दायर भएको छ ।

पक्राउ पुर्जी जारी भए पनि फरार छिन् । त्यस विषयलाई लक्षित गर्दै एमाले सांसद भट्टराईले अदालतमा उपस्थित हुन आग्रह गरेका हुन् ।

कोइरालासहित २५ जनाविरुद्ध गत पुस २ गते जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो ।

भट्टराईले समिति सभापति पोखरेललाई लक्षित गर्दै भने, ‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ । यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रस्ट हुनुपर्छ । यो स्पष्टीकरण दिने फोरम त होइन तर यसबारे प्रस्ट बनाइदिनुस् ।’

उनले सहकारीमा जोडिएकी पोखरेल अदालत उपस्थित हुनुपर्नेमा पनि जोड दिए ।

‘अरू चिच्याउँदै हिँडे भनेर हामीले त्यसो गर्ने होइन, न्यायिक निरूपण हुने निकायमा जानुपर्छ, उहाँ पक्कै अदालतमा उपस्थित हुनुहुन्छ,’ उनले भने।

लेखा समिति सभापति पोखरेल नेकपा (एमाले) का सांसद हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved