आधा किलोभन्दा बढी सुनसहित धनगढीबाट दुई भारतीय नागरिक पक्राउ

नेपालभ्युज

आधा किलोभन्दा बढी सुनसहित धनगढीबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट आधा किलोग्रामभन्दा बढी अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका दीपक गुप्ता र सोही ठाउँका सुमित बर्मालाई ५४९ दशमलव दुई ग्राम अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमान्डमा खटिएको प्रहरी टोलीले ट्राफिक चौराहबाट भारतको पलियाकला खिरीका गुप्ताले चलाएको उत्तरप्रदेश ३२ जेभी ९२०० भारतीय नम्बर प्लेटको कार शङ्का लागेर चेक गर्दा कारभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखेको पाँच सय ४९ दशमलव दुई ग्राम सुनजस्तो देखिने पहेँलो धातुका काटिएका टुक्रा दुई थान र सरसमान बरामद गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट सुनसहित लेनोभो ल्यापटप एक थान, रियलमी र रेडमी मोबाइल दुई थान, नेपाली नगद ४४ हजार आठ सय १० रुपैयाँ, भारतीय एक हजार दुई सय ८० रुपैयाँ र उत्तरप्रदेश ३२ जेभी ९२०० नम्बर प्लेट भएको सुजुकी कार बरामद गरेको छ । बरामद गरिएको समान र पक्राउ गरिएका दुवैजनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved