रविपत्नी जोडिएको साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ

नेपालभ्युज

रविपत्नी जोडिएको साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ परेका छन् । भरत जङ्गम सहकारीका पूर्वअध्यक्ष हुन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

साई स्वागत सहकारीमा अध्यक्ष जङ्गम, उपाध्यक्ष निकिता पौडेल (रवि पत्नी) थिइन् । उनीहरूले सहकारीको पैसा अपचलन गरेर अन्य पदाधिकारीहरू सम्पूर्ण ‘डमी’ सञ्चालक समिति गठन गरेर बाहिरिएका थिए ।

सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरूको सञ्चालक समिति बनाएर बाहिरिएको काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले देखाएको थियो ।

संस्थाका पूर्वसञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेपछि जिम्मेवारी पन्छाउने उद्देश्यले त्यसो गरेका थिए । साधारण सभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष बनाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved