योग साधना गरी मनाइयो विश्व ध्यान दिवस

नेपालभ्युज

योग साधना गरी मनाइयो विश्व ध्यान दिवस
शनिबार विराटनगरको सत्यनारायण उच्च माविमा आयोजित शिविरमा ध्यान योग गर्दै सर्वसाधारण । तस्वीर : मनोज दाहाल/रासस ।

काठमाडौं । विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले विश्व ध्यान दिवस नेपालमा पनि मनाएका छन् ।

हिमालयको देश नेपालबाट योग, ध्यान सुरु भएको शास्त्रीय मान्यता छ । योग, ध्यानका आदि गुरु भगवान् शिवलाई मानिन्छ । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो ।

विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले नेपालमा यस कार्यक्रमको आयोजना गरेको हो । नेपाल महर्षि वैदिक फाउन्डेसनअन्तर्गतका ध्यान केन्द्र, ग्लोबल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा शनिबार सामूहिक ध्यान गरिएको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए ।

यसैगरी जीवन विज्ञान, पतञ्जलि संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, ओशोका नाममा खुलेका विभिन्न संस्थाले विविध कार्यक्रम गरी विश्व ध्यान दिवस मनाएका छन् ।

यस्तै कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र जीवन विज्ञान परिषदले विराटनगरमा ध्यान दिवस मनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved