एनपीएलमा आज छैनन् कुनै खेल, भोलि सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त

नेपालभ्युज

एनपीएलमा आज छैनन् कुनै खेल, भोलि सुदूरपश्चिम र जनकपुरबीच उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शुक्रबार) कुनै खेल छैनन् । भोलि (शनिबार) फाइनल खेल रहेकाले आज विश्राम दिइएको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेपछि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच उपाधि भिडन्त हुँदैछ । यसपछि एनपीएलले पहिलो विजेता पाउने छ ।

बिहीबार क्वालिफायर–२ को खेलमा कर्णाली याक्सलाई हराउँदै जनकपुर फाइनलमा पुगेको थियो । यसअघि बिहीबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर सुदूरपश्चिम फाइनलमा पुग्ने पहिलो टोली बनेको थियो ।

प्लेअफमा पुगेका चार टोलीमध्ये चितवन राइनोज एलिमिनेटरबाट बाहिरिएको थियो । उसलाई हराएर कर्णालीले क्यालिफायर–२ मा स्थान बनाएको थियो ।

सुदूरपश्चिमसँग पहिलो क्यालिफायरमा पराजित हुनका बाबजुद लिग चरणमा दोस्रो स्थान हासिल गरेकाले जनकपुरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।

लिग चरणमा सुदूरपश्चिम, जनकपर, चितवन र कर्णाली पहिलोदेखि चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए ।

जारी प्रतियोगितामा सुदूरपश्चिम र जनकपरबीच लिग चरण र पहिलो क्वालिफायरमा गरी दुई पटक भेट भइसकेको छ । दुवैमा सुदूरपश्चिमले बाजी मारेको छ ।

यसर्थ शनिबार हुने फाइनलमा पनि सुदूरपश्चिम यही नतिजा दोहोर्याएर उपाधि जित्न चाहन्छ । यता जनकपुर भने नतिजा उल्ट्याएर उपाधि आफ्नो पोल्टामा ल्याउने दाउमा हुनेछ ।

प्रतियोगितामा सुरुदेखि नै उच्च लयमा रहेका सुदूरपश्चिम र जनकपुरबीचको उपाधि भिडन्तलाई ‘एल क्लासिको’को संज्ञा दिइएको छ ।

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, निशमको विस्फोटक ब्याटिङ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved