धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी

नेपालभ्युज

धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ ।

धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ ।

बिहीबार साँझ साढे ५ बजे उक्त घरको माथिल्लो तलाबाट लागेको आगोले घर पूर्णरुपमा जलेको छ ।

हाल  दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved