काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभई अपराध हेरेर कारबाही हुने कारबाही हुने दाबी गरेका छन् ।
मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध हेरेर सबैलाई सजाय हुने दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’
ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमन्ड र तनाव नलिई सेवा भाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरू सञ्चालनमा आएका बताए ।
अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए ।
Facebook Comment
Comment