एमाले डोटी अध्यक्षमा भीम रावलनिकट मलासी विजयी

नेपालभ्युज

एमाले डोटी अध्यक्षमा भीम रावलनिकट मलासी विजयी

काठमाडौं । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन् ।

सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मतान्तरले हराउँदै मलासी विजयी भएकी हुन् ।

मलासीले २ सय १५ मत प्राप्त गर्दा मल्लले १ सय ७१ मत पाए । मलासी भीम रावलनिकट नेतृ हुन् । यता, मल्ल भने अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

त्यस्तै, उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन् । सचिवमा मलासी प्यानलकै पदमबहादुर भट्ट र उपसचिव (खुला) डम्मर डौडी विजय भएका छन् । उपसचिव (समावेशी) पदमा मञ्जु प्यानलकै विस्ना सिंह विजयी भइन् ।

निर्वाचनमा मञ्जु प्यानलको वर्चस्व देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved