एकीकृत समाजवादीको निष्कर्ष-तत्काल पार्टी एकताको कुनै सम्भावना छैन

नेपालभ्युज

एकीकृत समाजवादीको निष्कर्ष-तत्काल पार्टी एकताको कुनै सम्भावना छैन

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको स्थायी कमिटिको बैठकपछि नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसंग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए। केन्द्रीय सदस्यहरुको कार्य विभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए । खतिवडाले जनताको घर–घरबाटै जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जाने सहितको निर्णय हुने जानकारी दिए।

त्यस्तै उनले आगामी निर्वाचनहरुमा समाजवादीलाई शसक्त प्रतिष्पर्धीको रुपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रीत रहेको र यसबारेको ठोस निर्णय पनि मंगलबार नै गर्ने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved