काठमाडौं । बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने अन्तरिम नेतृत्वले जनाएको छ ।
बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।
गत अगस्टमा पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो ।
उनले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनर्स्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र निर्वाचन गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।
“सन् २०२५ को अन्त्य वा सन् २०२६ को पहिलो ६ महिनाभित्र निर्वाचनको मिति तय गर्न सकिन्छ,” उनले सरकारी टेलिभिजनमा भएको एक कुराकानीमा बताएका छन् ।
Facebook Comment
Comment