सेयर बजारमा पहिरो, एकैदिन ५१ अङ्कले घट्यो 

नेपालभ्युज

सेयर बजारमा पहिरो, एकैदिन ५१ अङ्कले घट्यो 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर २६३० दशमलव ९१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०४ कम्पनीका ६७ हजार ६४८ पटकको कारोबारमा १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । १५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved