तीनजना सवार मोटरसाइकल दुर्घटना : दुई युवतीको ज्यान गयो, एक युवा घाइते

नेपालभ्युज

तीनजना सवार मोटरसाइकल दुर्घटना : दुई युवतीको ज्यान गयो, एक युवा घाइते

भद्रपुर । झापाको दमक नगरपालिका–१० सेतुमारी चोकनजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीको ज्यान गएको छ ।

मोटरसाइकलमा नियमविपरीत चालकसहित तीनजना सवार थिए । सो मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।

यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved