एकीकृत समाजवादीको बैठक लम्बियो, नेताहरुको कार्य विभाजन सोमबार

नेपालभ्युज

एकीकृत समाजवादीको बैठक लम्बियो, नेताहरुको कार्य विभाजन सोमबार

काठमाडौं । मंसिर २६ गतेबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक लम्बिएको छ। नेताहरुको कार्यविभाजन टुंग्याउन बसेको बैठक आइतबार चौथो दिनमा पनि नसकिँएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

आइतबारको बैठकमा बेदुराम भुसाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, हरि पराजुली, शत्रुधन महतो, रामचन्द्र यादव, श्रीप्रसाद साह र घनेन्द्र बस्नेतले पाटी सुदृढीकरणका लागि आगामी कार्ययोजना बनाउने र समसमायिक परिस्थितिका बारेमा  आफ्नो धारणा राखेको उनले बताए ।

सोमबार बस्ने बैठकमा अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसालसहित नेताहरु भरत श्रेष्ठ, प्रमेश हमाल, धर्मनाथप्रसाद साहले धारण राख्ने बताइएको छ ।

भोलीको  बैठकले नेताहरुलाई जिम्मेवारी दिनुका साथै पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved