सकियो एमाले कार्यशाला, ६ बुँदे संकल्प प्रस्ताव पारित

नेपालभ्युज

सकियो एमाले कार्यशाला, ६ बुँदे संकल्प प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेको कार्यशाला सकिएको छ । दुई दिनसम्म चलेको कार्यशाला ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै आइतबार सकिएको हो ।

पार्टीको केन्द्रीय संगठन विभागले दुईदिने कार्यशालापछि आइतबार ६ बुँदे घोषणापत्र जारी गर्दै आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प गरेको छ ।

कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलले महत्त्वपूर्ण मार्गदर्शन गरेको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको छ । चैतसम्ममा देशका ६ हजार ७४३ वडामा पार्टीको तोकिएको नेतृत्व पुग्ने निर्णय भएको छ ।

देश, जनता र पार्टीको पक्षमा पर्‍यो भने आफूलाई निर्मम रूपान्तरण गर्न तयार हुनुपर्छ भन्ने सामूहिक सङ्कल्प गरिएको भट्टराईले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved