प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

नेपालभ्युज

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमण सकेर प्रधानसेनापति सिग्देल आइतबार स्वदेश फिर्ता भएका छन् ।

उनलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनी मंसिर २६ गते भारत भ्रमणमा गएका थिए ।

प्रधानसेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved