काठमान्डुले टस जितेर फिल्डिङ रोज्यो, पहिले ब्याटिङ गर्दै विराटनगर

नेपालभ्युज

काठमान्डुले टस जितेर फिल्डिङ रोज्यो, पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान ९ बजे विराटनगर किङ्ग्स र काठमान्डु गुर्खाजबीच हुनेछ ।

यसैबीच काठमान्डुले विराटनगरविरुद्ध टस जितेको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । उनले विराटनगरलाई ब्याटिङको निम्तो दिएका छन् । विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।

विराटनगर र काठमान्डु दुवै टोलीका लागि यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ मध्ये काठमान्डु तीन खेलमा विजयी भएको छ । विराटनगरले भने दुई खेलमात्र जितेको छ ।

काठमान्डुका लागि आजको खेल महत्वपूर्ण छ । यो खेल जितेको खण्डमा उ प्लेअफमा पुग्न सक्नेछ । तर त्यसका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । विराटनगरलाई भारी अन्तरले हराएको खण्डमा काठमान्डु प्लेअफमा जानेछ ।

यता विराटनगर भने पहिलो चरणबाटै बाहिरिइसकेको छ । यसर्थ उसका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ हुनेछ । आजको खेल जितेर विराटनगर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ ।

प्रतियोगिताबाट बाहिरिइसकेको पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आजको खेल जितेमा उ प्लेअफमा पुग्नेछ ।

अंक तालिका :

प्रतिष्ठाको लडाइँमा विराटनगर, भारी अन्तरले हराउने लक्ष्यमा काठमान्डु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved