नाफिजमा नयाँ कार्यसमिति चयन, कसको कति मत ?

नेपालभ्युज

नाफिजमा नयाँ कार्यसमिति चयन, कसको कति मत ?

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनबाट मेनुका कार्कीको नेतृत्वमा नाफिजको १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

कार्कीले १०० मत पाउँदा उनका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ८७ मत प्राप्त गरे । त्यस्तै, समितिको उपाध्यक्षमा प्रमिला खतिवडा (पिताम्बरी) र निरोजकुमार थापा निर्वाचित भएका छन् । उनीहरुले क्रमशः १०४ र ९३ मत पाए ।  यस्तै विजय दमासे र परमेश्वर अधिकारीले ९२ र ६५ मत पाए ।

महासचिवमा निकेश खत्री ११२ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत पाए । यस्तै समितिको सचिवमा राजाराम न्यौपाने १२६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी चेतनारायण पाण्डेयले ५७ मत प्राप्त गरे ।

कोषाध्यक्षमा मिलन विश्वकर्मा १०२ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत प्राप्त गरे । सदस्यहरुमा अनिश मिजार १२०, अनुप आचार्य ११८, सीआर भण्डारी ११६ र शुक्र गिरी १०७ मतसहित विजयी भए ।

आशुतोष अर्यालले ९२ मत ल्याए पनि निर्वाचित हुन सकेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved